arrow

तोलाको १३ हजार चार सयले घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ४०० ले घटेको छ । आइतबार प्रतितोला रु तीन लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर रु दुई लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज चाँदीको मोल पनि घटेको छ । आइतबार प्रतितोला रु पाँच हजार ५०० मा कारोबार भएको चाँदी आज रु पाँच हजार दुई सयमा कारोबार भइरहेको छ । 

यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घका अनुसार उक्त दिन सुनको मोल प्रतितोला रु तीन लाख ३९ हजार ३०० पुगेको थियो । 

सुनको मूल्य तोलामा तीन दिनमा रु ५२ हजार ७०० ले घटेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ