लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर दिउँसै लुटपाट
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
887
Shares
सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको एक लघुवित्त वित्तीय संस्थामा दिनदहाडै लुटपाट भएको छ। बिहीबार दिउँसो अज्ञात समूहले कार्यालयभित्र प्रवेश गरी कर्मचारीमाथि छुरा प्रहार गर्दै लुटपाट गरेको हो।
प्रहरीका अनुसार ५ देखि ६ जनाको समूह योजनाबद्ध रूपमा कार्यालयमा पसेर लुटपाट गरेको हो। आक्रमणकारीहरूले कर्मचारीलाई कोठाभित्र थुनेर रकम तथा अन्य सामग्री लुटेको प्रहरीले जनाएको छ।
घटनाका क्रममा छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ। घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाइरहेको छ भने संलग्न समूहको खोजी तीव्र बनाइएको छ।