arrow

एकैदिन ९५ सयले बढेर तीन लाख नाघ्यो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
gold-jewalary.jpg

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि देखिएको छ। आज सुनको भाउ प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो। 

गत शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज आइतबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर परेको देखिएको हो। सुनको यो मूल्य वृद्धिसँगै बजारमा खरिदकर्ताहरूमा अन्योल सिर्जना भएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। आज चाँदीको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य र डलरको विनिमय दरमा आउने परिवर्तनले गर्दा नेपाली बजारमा सुनचाँदीको भाउ लगातार बढिरहेको छ। विवाहको सिजन र लगानीका रूपमा सुनको माग बढिरहेकै बेला यो ठूलो मूल्य वृद्धिले उपभोक्ताहरूलाई मर्कामा पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ