कालिमाटीमा आजको भाउ: लोकल गोलभेँडा सस्तियो, अकबरे खुर्सानी र च्याउ अझै महँगो
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
724
Shares
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज भारतीय ठुलो गोलभेँडा प्रतिकिलो ७० रुपैयाँमा कारोबार भइरहेको छ भने लोकल सानो गोलभेँडाको मूल्य २६ रुपैयाँ तोकिएको छ।
टनेलमा फलेको सानो गोलभेँडा र तराईको सानो गोलभेँडा दुवैको मूल्य प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ। आलु रातोको मूल्य ३० रुपैयाँ र भारतीय रातो आलुको २६ रुपैयाँ रहेको छ भने सुकेको भारतीय प्याज प्रतिकिलो ३८ रुपैयाँमा पाइनेछ।
लोकल गाजरको भाउ ६० रुपैयाँ र तराईको गाजर ५० रुपैयाँ तोकिएको छ। यस्तै, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, रातो मूला ३५ रुपैयाँ र लाम्चो भन्टाको मूल्य ५० रुपैयाँ कायम भएको छ।
तरकारीतर्फ मटरकोसा ६५ रुपैयाँ, लोकल घिउ सिमी १४० रुपैयाँ, राजमा सिमी १३० रुपैयाँ र तिते करेला १७० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। पाकेको फर्सी ५५ रुपैयाँ, भिन्डी १२० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ र पिँडालु ६५ रुपैयाँ तोकिएको छ।
सागसब्जीको कुरा गर्दा रायोको साग र तोरीको साग प्रतिकिलो २५ रुपैयाँ, पालुङ्गो ३५ रुपैयाँ, मेथी ४० रुपैयाँ र हरियो प्याज ६० रुपैयाँमा पाइनेछ। च्याउतर्फ कन्य च्याउको मूल्य १०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ र सिताके च्याउको मूल्य १,००० रुपैयाँ पुगेको छ।
त्यस्तै, ब्रोकाउली ५० रुपैयाँ, सजीवन २२० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलको बजारमा झोले स्याउ २५० रुपैयाँ, फुजी स्याउ ३२० रुपैयाँ र केरा प्रतिदर्जन १९० रुपैयाँमा बिक्री भइरहेको छ। अनार ३३० रुपैयाँ, हरियो अङ्गुर २५० रुपैयाँ, कालो अङ्गुर ४०० रुपैयाँ र नेपाली सुन्तला १८० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
स्ट्रबेरीको मूल्य ५५० रुपैयाँ र किबीको २६० रुपैयाँ रहेको छ। मसला र अन्य सामग्रीतर्फ अदुवा १२० रुपैयाँ, हरियो खुर्सानी १४० रुपैयाँ, अकबरे खुर्सानी ५५० रुपैयाँ र हरियो धनियाँ ५० रुपैयाँ तोकिएको छ। ताजा माछातर्फ रहु ३४० रुपैयाँ, बचुवा २८० रुपैयाँ र छडी माछाको थोक मूल्य २५० रुपैयाँ निर्धारण गरिएको छ।