चोरखोलामा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, तीन घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
723
Shares
सुर्खेत । सल्यानमा बोलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग१ज ५६६१ नम्बरको बोलेरो जीप सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा जीप चालक विजय बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
चार जना सवार जिपमा रुकुम पूर्वको सिस्ने-२ की २२ वर्षीया सुस्मी रोका, उनकी २ वर्षीया छोरी सफलता केसी र सिस्ने-४ की ३८ वर्षीया ललीता केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा. हेमबहादुर केसीले बताए।
घाइतेको कपुरकोटस्थित आधारभूत स्वास्थ्य संस्थामा प्राथमिक उपचार पछि लुम्बिनी प्रादेशिक अस्पताल दाडको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।