arrow

तामाकोसी बस दुर्घटनामा दुई बालकसहित तीन जना अझै बेपत्ता, प्रहरीले जारी गर्‍यो हुलिया

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
3-huliya-accident-tamakosi.jpg

मन्थली । रामेछापको मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोसी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरूको फोटोसहितको हुलिया सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गर्न सर्वसाधारण र सम्बन्धित निकायसँग अपिल गरेको छ। 

पारिवारिक स्रोतका अनुसार बेपत्ता हुनेमा मन्थली–२ की मृतक तारा तामाङका ९ वर्षीय छोरा क्रिशन तामाङ, लिखु तामाकोसी–७ का ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड–६ का २४ वर्षीय विशाल सुनुवार रहेका छन्। नदी क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रूपमा खोजी जारी राखे पनि हालसम्म उनीहरू फेला पर्न सकेका छैनन्।

मंगलबार बिहान करिब १०:४० बजे काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको बस बेनीघाट नजिकै सडकबाट नदीमा खसेको थियो। दुर्घटनालगत्तै चालकसहित २० जनाको उद्धार गरी मन्थली अस्पताल पठाइएकोमा अस्पतालले १२ जनालाई मृत घोषणा गरेको थियो। 

अन्य घाइतेहरूको उपचार भइरहेको छ भने केहीको अवस्था अझै गम्भीर रहेको जनाइएको छ। प्रहरीले दुर्घटनाको कारणबारे सूक्ष्म अनुसन्धान गरिरहेको छ। बेपत्ता यात्रुहरूको खोजीका लागि गोताखोर र सशस्त्र प्रहरीको टोलीलाई पनि सक्रिय बनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ