arrow

ठगेको अभियोगमा तीन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
pakrau9.jpg

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ । 

प्रहरीका अनुसार अभियुक्तत्रय महोत्तरी सम्सीपालिका-१ जटाधर राउत, सोलुखुम्बुको थुलुङपालिका-३ का थमराज नेपाली र ललितपुरको महालक्ष्मी नगरपालिका-१ का रामकुमार राईलाई पाँच जना पीडितबाट उक्त रकम ठगेका हुन् । 

अभियुक्तहरुले बेलायत र रोमानियामा आकर्षक तलब पाइने भन्दै पीडितहरूबाट विभिन्न समयमा लाखौँ रुपैयाँ लिएका थिए ।  रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ