arrow

सिजी इलेकट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
cg-electronic-trip-to-mumbai-cricket-t20-world-cup-feb-2026.jpg

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेकट्रोनिक्स कम्पनी सिजी इलेकट्रोनिक्सले आफ्नो विशेष ‘वर्ल्ड कप मुम्बई ट्रिप योजना’ का विजेताहरूलाई फागुन १ गते, शुक्रवार भव्यताका साथ मुम्बई प्रस्थान गराएको छ। आगामी आइसिसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल मुम्बईको वानखेडे स्टेडियमबाटै प्रत्यक्ष हेर्ने अवसर पाएका ४० जना भाग्यशाली विजेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकै उत्साहित मुद्रामा मुम्बई उडेका हुन्।

कम्पनीले गत मङ्सिर २९ गतेदेखि माघ १२ गतेसम्म सञ्चालन गरेको यस विशेष वर्ल्ड कप लक्षित योजनामा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो। उक्त समयावधिमा सिजी इलेकट्रोनिक्स अन्तर्गतका विश्व प्रख्यात ब्रान्डहरू एलजी, सिजी, सिजी एसडीए, टिसिएल, ब्ल्याक+डेकर, गोदरेज, सेन्साई, माइडिया, केन्ट र क्राम्प्टनका उत्पादनहरू खरिद गरी हजारौँ ग्राहकहरूले एसएमएसमार्फत सहभागिता जनाएका थिए। तिनै हजारौँ सहभागीहरूमध्येबाट डिजिटल गोला प्रथा मार्फत निष्पक्ष रूपमा यी ४० जना भाग्यशाली विजेताहरू छनोट गरिएको कम्पनीले जानकारी दिएको छ।

विजेताहरूले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। कम्पनीका अनुसार यस प्याकेजमा काठमाडौँ-मुम्बई-काठमाडौँ दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटेलमा बसाइ तथा खानपिनको उत्कृष्ट व्यवस्था गरिएको छ। साथै, विजेताहरूले मुम्बईको प्रसिद्ध स्थानहरूको अवलोकन भ्रमण (सिटी टुर) गर्नुका साथै वानखेडे स्टेडियममा हुने नेपाल र वेस्ट इन्डिजबीचको रोमाञ्चक खेलको विशिष्ट टिकट समेत प्राप्त गरेका छन्।

आफ्ना ग्राहकहरूलाई गरेको वाचा पूरा गर्न पाउँदा कम्पनीले खुसी व्यक्त गरेको छ। वानखेडे स्टेडियममा पुगेर नेपाली टोलीको हौसला बढाउन पाउँदा विजेताहरूमा बेग्लै उमङ्ग र उत्साह छाएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका विजेताहरूले सिजी इलेकट्रोनिक्सको यस योजनाप्रति आभार व्यक्त गर्दै यो भ्रमण जीवनकै अविस्मरणीय क्षण हुन लागेको प्रतिक्रिया दिएका थिए। ४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा निरन्तर सेवा दिँदै आएको सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहक वर्गको माया र विश्वासलाई कदर गर्दै आगामी दिनमा पनि यस्तै रोमाञ्चक र भव्य योजनाहरू निरन्तर ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ