arrow

टी–२० विश्वकपको सरगर्मी: आज तीन रोमाञ्चक खेल हुँदै, कुन टोलीको पल्ला भारी ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २ शनिबार
cricket-worldcup-2026.jpg

काठमाडौँ । भारतमा जारी टी–२० विश्वकप अन्तर्गत आज शनिबार तीनवटा महत्त्वपूर्ण खेलहरू हुँदैछन्। दिनको पहिलो खेलमा समूह 'बी' का आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुनेछ।

श्रीलङ्काको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुँदैछ। जारी प्रतियोगितामा आयरल्याण्ड र ओमान दुवै टोलीले अहिलेसम्म खेलेका सुरुवाती दुई–दुई खेलमा हार बेहोरेका छन्, त्यसैले आजको खेल दुवैका लागि पहिलो जित दर्ता गर्ने अवसर हुनेछ।

त्यस्तै, आजको दोस्रो भिडन्त समूह 'सी' का इङ्गल्याण्ड र स्कटल्याण्डबीच हुँदैछ। भारतको कोलकातास्थित ऐतिहासिक इडेन गार्डेन्समा हुने यो खेल दिउँसो ३:१५ बजेदेखि सुरु हुनेछ।

यस विश्वकपमा इङ्गल्याण्ड र स्कटल्याण्ड दुवैको यात्रा समान देखिएको छ; उनीहरूले खेलेका दुई–दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेका छन्। यस खेलको नतिजाले समूह 'सी' को अङ्क तालिकामा निकै अर्थ राख्नेछ।

आजको तेस्रो तथा अन्तिम खेलमा समूह 'डी' का दुई बलिया टोलीहरू न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन्। नेपाली समय अनुसार साँझ ७:१५ बजेदेखि सुरु हुने यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

न्युजिल्याण्ड र दक्षिण अफ्रिका दुवै टोलीले यसअघि खेलेका आफ्ना दुई–दुई खेलमा शानदार जित हासिल गरेका छन्। अपराजित रहेका यी दुई टोलीबीचको आजको भिडन्तले समूह 'डी' को शीर्ष स्थानको छिनाझपटीलाई थप रोचक बनाउनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ