काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ बढेको छ ।
इन्डियन आयल कर्पोरेशनले नयाँ खरिद मूल्य पठाएअनुसार भाउ बढेर आएको हो ।
पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५१ पैसा तथा डिजेलमा ५ रुपैयाँ ०२ पैसा बढेर आएकामा नेपाल आयल निगमले भने पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ३ रुपैयाँ बढाएको हो ।
अन्य भने यथावत् रहेको निगमले जनाएको छ ।
Hamrakura.com