arrow

आठ वर्षमा निर्माण भयो २१ ओटा मोटरवेल पुल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
bridge-pool.jpg

पर्वत । पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुलको निर्माण सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानमा ती मोटरवेल पुल बनेका हुन् ।

सडक सञ्जालले जिल्लाका ६१ ओटै वडा, टोल तथा बस्तीसम्म पनि पहुँच पुगेको पर्वतमा ग्रामीण सडकलाई बाह्रैमास सञ्चालन गर्नका लागि पुल निर्माण भएका हुन् ।

जिल्लामा कूल २१० किलोमिटर ग्रामीण सडक कालोपत्र भएको जिल्लामा मध्यपहाडी लोकमार्गमा दुई, कालीगण्डकी करिडोरमा तीन गरी ग्रामीण सडकसहित कूल २१ मोटरवेल पुलको निर्माण भएका छन् ।

संसदीय निर्वाचनसँगै प्रदेश तथा स्थानीय तहको निर्वाचनको यो अवधिमा विकासमा समीक्षामा भौतिक पूर्वाधार तर्फ पर्वत जिल्लामा उल्लेखनीय प्रगति भएको देखिन्छ ।

मुख्यगरी कालीगण्डकी नदी र मोदीखोला पर्वत जिल्लाका दुई ठूला नदी छन् । ती नदीमा लामा पुल निर्माण भएका छन्, भने ग्रामीण क्षेत्रमा रहेका साना खोलामा छोटा पुलको निर्माण भएका छन् ।

निर्माण सम्पन्न भएका पुलमा सडक सञ्चालन नियमित रुपमा भइरहेको छ ।ती पुलमा मोदीवेणीस्थित मोदी खोला, भूकताङलेको झिलिबराङमा भुरुङदीखोला, तिलाहारको रतीखोला, दुर्लुङ र बाजुङ जोड्ने आम्बोटखोला, जहरे–दोविल्ला, पकुवाआर्थर जोड्ने जहरेखोला गङ्गटे पुल छन् ।

यसैगरी नयाँ पुल–सेराबेँसी, दक्षिण पर्वतको पैँयू गाउँपालिकामा पर्ने मर्दि खोला, सेतीखोला, रिठेखोला, गेडीखोला, फलेवास नगरापलिकाको चिर्दीखोला मोटरवेल पुल रहेका छन् ।

यही अवधिमा बनेको सिब्दीखोला, पैँयू ६ सरौखोलास्थित छत्तिसेघाट, फलेवास–जैमिनिघाट, कालीगण्डकी, देविस्थान–कुर्घा जोड्ने लमायखोला, महाशिला वडा नं १ र पैयूँ–६ जोड्ने अगुवाखोला, रानीपानी–इमिचौरदेखि गुल्मीपूर्तिघाट जोड्ने कालीगण्डकी, मोदी १ स्थित भुकदेखि कास्की अन्नपूर्ण गाउँपालिका जोड्ने भुरुङदीखोला पुल, मध्यपहाडी राजमार्ग अन्तरगत तमादीखोला र बगरफाँट– बेनी जोड्ने कालीगण्डकी नदीमा ट्रस्ट ब्रिजनिर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यसैगरी जिल्लामा अझै आधा दर्जन मोटरवेल पुलको मागभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । ती पुलको डीपीआर तयार भए पनि बजेटको भने सुनिश्चित भइसकेको छैन् ।

मोदीखोलामा गाडतारा–आम्बोट तथा झाप्रे बगरमा मोटरवेल पुलको सम्भाब्यता अध्ययन सकिएको छ भने कल्लेरीघाट तथा बगरफाँटमा गरी दुई स्थानमा कालीगण्डकी नदीमा मोटरवेल पुलको निर्माण कार्यका लागि योजना सुनिश्चत हुन बाँकीे छ ।

कतिपय पुल सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय र कतिपय गण्डकी प्रदेश सरकारमार्फत पूर्वाधार विकास कार्यालयले निर्माण गरेको हो ।

यी बाहेक मल्याङ्दीखोला र पराधिस्थित मोदीखोलामा दुई पुल निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ