arrow

धनगढीमा अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाडौँ फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
shree-airlines.jpg

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा पुनः काठमाडौँ नै फर्किएको छ। जहाज अवतरण हुन नसकी काठमाडौँ फिर्ता भएपछि जहाजमा रहेका ८० जना यात्रुहरू अलपत्र परेका छन्।

उक्त जहाजमा सवार सञ्चारकर्मी रोयल आचार्यका अनुसार राति जहाज काठमाडौँ फर्किएपछि विमानस्थलमा केहीबेर यात्रुहरूले असन्तुष्टि जनाएका थिए। आइतबार राति ९ः४५ बजे काठमाडौँबाट उडेको उक्त जहाजले धनगढी विमानस्थलमा अवतरणका लागि पटक-पटक प्रयास गरेको थियो। तर, अवतरण सम्भव नभएपछि राति १२ः०० बजे जहाज काठमाडौँ नै फिर्ता भएको हो।

एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुलाई रकम उपलब्ध गराइने र धनगढी जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानबाट पठाइने जानकारी दिए। जहाजमा चालक दलका सदस्यसहित ८० जना यात्रु सवार थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ