arrow

केन्टद्वारा २९ जना डिलरहरुलाई आईसीसी टी–२० विश्वकप प्रत्यक्ष हर्न मुम्बई प्रस्थान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
cg-kent-trip-to-mumbai-icct20-world-cup-feb-2026.jpg

काठमाडौँ। सिजी इलेकट्रोनिक्स अन्तर्गत विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओ ले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै २९ जना डिलरहरुलाई मुम्बईको वानखेड़े स्टेडियममा निःशुल्क प्रत्यक्ष रूपमा खेल हेर्ने लगेका छन्।

उक्त डिलरहरुलाई ३ रात र ४ दिनको मुम्बई भ्रमण प्याकेज पनि उपलब्ध गराइएको छ। यसअन्तर्गत काठमाडौँ–मुम्बई–काठमाडौँ दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटेलमा बसोबास तथा भोजनको व्यवस्था गरिएको छ। साथै, मुम्बईका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण ९सिटी टुर० र वानखेडे स्टेडियममा हुने खेलका विशिष्ट टिकटसमेत समावेश गरिएको छ।

केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा पनि “मस्ट ट्रस्टेड ब्रान्ड इन नेपाल” को रूपमा स्थापित छ। अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्ट वाटर प्युरिफायरले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ