टाटा कमर्सियल गाडीहरूको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
585
Shares
काठमाडौँ। नेपालीहरूको महान् पर्व होली नजिकिँदै गर्दा यातायातका साधनहरूको प्रयोग पनि अन्य समय भन्दा उच्च रहने गर्छ। सवारी साधनहरूको कन्डिसन सही भए मात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ।
त्यसैले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूका ग्राहकहरूलाई सुरक्षित यात्राका कामना सहित चाडपर्वको बेला ढुक्क सँग आफ्नो व्यवसाय सञ्चालन गर्न सहयोग मिलोस् भन्ने उद्देश्य फाल्गुन १० देखि १५ गते सम्मका लागि होली सर्भिस क्याम्पको आयोजना गरेको छ।
उक्त क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरहरूमा एकै साथ सञ्चालन हुनेछ।
उक्त क्याम्पमा सहभागी ग्राहकका गाडीहरूको सुरक्षित यात्राको सुनिश्चितता प्रदान गर्नका लागि विशेष १० वटा प्वाइन्टहरू १.ब्रेक सिस्टम २.कुलिङ सिस्टम ३.इन्जिन हेल्थ तथा ल्यूव्रिकेशन ४. टायर-व्हील सेप्टी, ५.इलेक्ट्रिकल सिस्टम ६.स्टेरिङ र सस्पेन्सन ७.क्लच र ट्रान्समिसन ८.क्याविन सेप्टी ९. च्यासिस तथा अन्डरबडी चेक १०.इमरजेन्सी र सेप्टी सम्बन्धी चेकअप सुविधाहरू रहेका छन् जसले गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान गर्दछ।
र यदि मर्मत तथा सम्भार गर्नु पर्ने अवस्था भएमा टाटा जेन्यूइन पार्ट्समा १५% देखी २०% सम्म छुट, ल्यूब्रिकेन्टमा २२% छुटको र लेवर चार्जमा ५०% छुटको व्यवस्था गरेको छ। सर्भिस प्याकेजमा दर्ता भएमा यही सुविधा एक वर्ष सम्म पाउन सकिने व्यवस्था कम्पनीले गरेको छ। प्री सर्भिस बुकिङ गरी वर्कसप आउने भाग्यशाली तीन जान ग्राहकहरूलाई स्मार्ट फोन जित्ने सुवर्ण अवसर पनि प्रदान गरेको छ।
यस अवधिभरमा २००० भन्दा बढी गाडीहरूको चेकअप गर्ने लक्ष्य कम्पनीले लिएको छ।