-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन लाख १४ हजार आठ सयमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार सुन सोही मूल्यमा कारोबार भएको थियो।
यता बुधबार असली चाँदीको भाउ प्रतितोला पाँच हजार सात सय १५ पुगेको छ।
यसअघि मंगलबार चाँदी प्रतितोला पाँच हजार पाँच सय ८५ मा कारोबार भएको थियो।
यसअनुसार चाँदीमा तोलामा एक सय ३० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।
बुधबार सुन प्रति १० ग्राम दुई लाख ६९ हजार आठ सय ९० र चाँदी प्रति १० ग्राम चार हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।