बढेर आयो पेट्रोलियम पदार्थको भाउ, आयल निगमले देखायो सदासयता
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १६ शनिबार
878
Shares
काठमाडौँ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको छ । इन्डियन आयलले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको भए पनि नेपाल आयल निगमले भाउ यथावत् राखेको जनाएको छ ।
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा तथा एलपी ग्याँसमा प्रति सिलिन्डर १८ रुपैयाँ ५८ पैसा तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ९८ पैसा बढाएर पठाएको भए पनि एनओसीले उपभोक्ताको हितलाई ध्यानमा राखेर यथावत् गरिएको जनाएको छ ।