arrow

तोलामा ५६ सय रुपैयाँ बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा सोमबार पनि सुनको भाउमा भारी वृद्धि भएको छ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा पाँच हजार छ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख २६ हजार एक सय रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला तीन लाख २० हजार पाँच सय रुपैयाँ रहेका थियो ।

यसैगरी सोमबार चाँदीको भाउ पनि वृद्धि भएको छ ।

आइतबार प्रतितोला पाँच हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीकोे भाउ सोमबार बढेर छ हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ