कर्मचारीसहित निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा दुईको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
1.1k
Shares
रामेछाप । रामेछापको रामेछाप नगरपालिका-२ देउरालीमा सोमबार कर्मचारीसहित निर्वाचनका सामग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई परशुराम यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका-३ साँघुटार मदतान केन्द्र ख का मतदान अधिकृत डोरप्रसाद घिमिरे छन् ।
घिमिरे मन्थली नगरपालिका-६ रुद्राक्षेश्वर मावि मुगिटारका निमावि द्वितीय शिक्षक हुन् ।
रामेछाप नगरपालिका-२ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामग्री लिएर गएको निशान कम्पनीको ना४ख ६७६८ नम्बर मिनीट्रक देउरालीको सिरुवारीमा ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन् ।
दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्। घाइतेलाई उद्धार नेपाली सेनको हेलिकप्टरबाट काठमाडौँ पठाइएको जिल्ला प्रही कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिए । घाइते हुनेमा दुई पुरुष र तीन महिला छन् ।