arrow

आँबुखैरेनी-जामुने सडक खण्डको स्तरोन्नति ९५ प्रतिशत पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
prithivi-highway-tanahun.jpg

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी-जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत छ अर्ब ३१ करोड रहेको छ ।

पूवी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफल पर्छ । ४१ किलोमिटर लम्बाइ रहेको सडक खण्डको बजार क्षेत्रमा ६ लेन विस्तार गरिएको छ ।

मुग्लिङ-पोखरा सडकको पूर्वी खण्डको काम चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेशन कम्पनी लिमिटेडले गरिरहेको छ ।

सडक निर्माणमा सबै क्षेत्रको सहयोग भएका कारण निर्माणमा सहज भएको आयोजना निर्देशनालय (एडीबी) का प्रमुख चुडाराज ढकाल बताउँछन्।

मुग्लिङ-पोखरा सडक खण्ड नेपालकै नमूना सडक भएको आयोजना निर्देशक ढकालको भनाइ छ । 

मुग्लिङ-पोखरा सडक खण्डको पूर्वी खण्डमा चार लेनको सडक र रंगरोगनको काम सकिएको आयोजनाले जनाएको छ ।

यस सडक खण्डमा ५६ ओटा पहिलो रहेका छन्, यी मध्ये १८ ओटा पहिरो विशेष प्रकारका रहेका र यिनीहरूको अध्ययन भइरहेको छ ।

पूर्वी खण्डमा पर्ने मादी पुल निर्माणको ८० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीसँग २०७७ माघ १७ मा सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको थियो ।

मुग्लिङ-पोखरा सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नतिको थालनी गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ