arrow

तनहुँ–१ मा मतगणना सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
ballot-box-dilivered-march-2026.jpg
तस्बिर : फाइल

दमौली। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आज बिहान १:३० बजेदेखि मतगणना सुरु भएको हो।

देवघाट गाउँपालिका–५ स्थित बज्रयोगिनी मतदान केन्द्रबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए। तनहुँ निर्वाचन क्षेत्र नं १ मा एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको छ। यो निर्वाचन क्षेत्रमा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ