भक्तपुर। जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
क्षेत्र नम्बर–१ मा रुकेश रन्जितले तीन हजार ४५२, नेमकिपाका प्रेम सुवालले एक ९८२ मत र नेपाली काँग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गरेका छन्।
त्यसै गरी, क्षेत्र नं. २ मा सोही पार्टीका राजीव खत्रीले दुई हजार, नेकपा एमालेका महेश बस्नेतले एक हजार २८१ र नेपाली काँग्रेसका कबीर राणाले १७४ मत प्राप्त गरेका छन्।