arrow

[अपडेट] सर्लाही ४ को मतगणना जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
gagan-amresh.jpg
तस्बिर : फाइल

सर्लाही । सर्लाही क्षेत्र नं ४ को मतगणना शुरू भएको छ । निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार बिहान १०ः२० बजेदेखि मतगणना शुरू भएको हो । 

बिहानैदेखि मतगणना शुरू गर्ने भनिए पनि दलका प्रतिनिधि आउन ढिला गरेकाले बल्ल शुरू भएको हो । गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना शुरू भएको हो ।

सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ म्त खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्लाही ४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा अमरेशकुमार सिंहलगायत प्रतिस्पर्धामा छन् । 

नोटः यसको प्रारम्भिक मत परिणामबारे यसअघि राखिएको समाचार सच्च्याइएको छ । त्यसका लागि क्षमाप्रार्थी छौँ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ