arrow

झापा ४ मा रास्वपाका शम्भुको शुरुआती अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौँ । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुप्रसाद ढकालले सुरुवाती अग्रता लिएका छन्। 

निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ढकालले प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतका साथ अग्रता बनाएका हुन्।

हालसम्मको गणनाअनुसार रास्वपाका शम्भुप्रसाद ढकालले ७५० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार लालप्रसाद साँवा लिम्बूले ३०० मत पाएका छन्।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबे २७१ मतका साथ तेस्रो स्थानमा छन्। झापा ४ मा मतगणना कार्य जारी छ र थप क्षेत्रहरूबाट मतपेटिका खोल्ने क्रम चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ