arrow

काठमाडौँमा रास्वपाको 'क्लिन स्वीप' संकेत: क्षेत्र नं १ मा रञ्जु विजयी, अन्य ९ क्षेत्रमा भारी अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
rsp-party-rastriya-swatantra -party.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा काठमाडौँका सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले बलियो अग्रता हासिल गरेका छन्। काठमाडौँ क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु न्यौपाने १५ हजार ४५५ मतका साथ विजयी भइसकेकी छन्।

आज दिउँसो १:०० बजेसम्म प्राप्त नतिजाअनुसार अन्य ९ वटा क्षेत्रमा रास्वपाको 'क्लिन स्वीप' संकेत देखिएको छ । काठमाडौँ क्षेत्र नम्बर २ मा रास्वपाका सुनिल केसी ५ हजार ८९७ मतका साथ अगाडि छन्। उनलाई कांग्रेसका कविर शर्माले २ हजार २०६ मतले पछ्याइरहेका छन्। क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डे ६ हजार ५८४ मतका साथ अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ४ हजार २२० र कांग्रेसका रमेश अर्यालले २ हजार १९० मत पाएका छन्।

काठमाडौँ क्षेत्र नम्बर ४ मा रास्वपाका पुकार बम ६ हजार २८४ मतका साथ अगाडि छन् भने कांग्रेसका सचिन तिमिल्सिनाले १ हजार ९०७ र एमालेका राजन भट्टराईले १ हजार ४७९ मत पाएका छन्। क्षेत्र नम्बर ५ मा रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मतका साथ निकै अगाडि छन्। उनलाई कांग्रेसका प्रदीप पौडेलले ३ हजार ५५६ र एमालेका ईश्वर पोखरेलले १ हजार ९०८ मतले पछ्याइरहेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर खनाल १० हजार ६१५ मतका साथ अग्रतामा छन्। कांग्रेसका सबुज कृष्ण बानियाँ क्षेत्रीले २ हजार ७७५ मत पाएका छन्। क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुली १० हजार २७३ मतका साथ अगाडि छन् भने एमालेका प्रकाश श्रेष्ठले १ हजार ६७२ मत ल्याएका छन्।

काठमाडौँ क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ १४ हजार ७५१ मतका साथ फराकिलो अग्रतामा छन्। क्षेत्र नम्बर ९ मा डोलप्रसाद अर्याल ५ हजार ५५९ र क्षेत्र नम्बर १० मा प्रदीप विष्ट ८ हजार ५०८ मतका साथ अग्रस्थानमा छन्।

सबै क्षेत्रमा रास्वपाका उम्मेदवार र उनका निकटतम प्रतिस्पर्धीबीचको मतान्तर निकै बढी देखिएको छ। अहिले काठमाडौँका सबै गणना केन्द्रमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ