काठमाडौँ १० मा प्रदीप विष्टको अग्रता, हिमाल र विनोद निकै पछि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
592
Shares
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विष्टले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई निकै पछि पारेका हुन्।
हालसम्म २६ हजार ७४३ मत सदर हुँदा रास्वपाका प्रदीप विष्टले १६ हजार ४३० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका हिमाल कार्कीले ४ हजार २१३ मत पाएका छन्। यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार विनोद श्रेष्ठले २ हजार ६७ मत प्राप्त गरेका छन्। विष्ट र कार्कीबीचको मतान्तर १२ हजार २१७ पुगेको छ।
निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा मतगणना जारी छ र अहिले कीर्तिपुर नगरपालिका वडा नम्बर ७ को गणना भइरहेको छ। यस क्षेत्रमा हालसम्म १ हजार १२७ मत बदर भएको छ। काठमाडौँ १० मा कुल ६० हजार १५१ मत खसेको थियो।