arrow

कालीकोटमा नेकपाका शाही विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
mahendra-bahadur-shahi-ncp-kalikot-march-2026.jpg
तस्बिर : फाइल

कर्णाली। कालीकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन्।  प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नगेन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका थिए। नेपाली काँग्रेसका हर्षबहादुर बमले सात हजार ९३३ मत प्राप्त गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले दुई हजार १३७ र नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ