arrow

कास्की २ मा रास्वपाका उत्तमप्रसाद पौडेल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
uttam-prasad-poudel.jpg

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नतिजाअनुसार कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पछि पार्दै पोखरामा 'घण्टी' को सानदार जित दर्ता गराएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले) का रश्मी आचार्यले ७ हजार ४९३ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन् भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला ६ हजार ५०० मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङले १ हजार ६४३ मत, नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ मत र उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरेका छन्।

कास्की २ मा रास्वपाको यो जितले गण्डकी प्रदेशको राजनीतिमा नयाँ शक्तिको उदय भएको पुष्टि गरेको छ। एमाले र कांग्रेसका उम्मेदवारहरूले पाएको कुल मतभन्दा पनि पौडेलले पाएको मत दोब्बर बढी देखिएको छ। अहिले पोखरामा रास्वपाका कार्यकर्ताहरूले विजयी र्‍याली निकाल्ने तयारी गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ