सर्लाही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।
बिहान ७ बजेसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंहले अग्रता कायमै राखेका छन्। हालसम्मको मतगणनामा रास्वपाका सिंहले ११ हजार ३८३ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसका सभापति गगन थापा छन्। उनले छ हजार ९५२ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा एमालेका उम्मेद्वारले १ हजार ९६७ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेद्वारले ८४० मत ल्याएका छन् ।
नेकपाले ४८९ मत प्राप्त गर्दा जसपा नेपालले ३६ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २० मत प्राप्त गरेको छ ।
मतगणनामा एक हजार ८७ मत बदर भएको जनाइएको छ । मतगणना कार्य जारी रहेको छ । जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा अग्रस्थानमा छ ।