arrow

काठमाडौँ ४ मा रास्वपाका पुकार बम निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
pukar-bam.jpg

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार बमले भारी मतान्तरले जित हासिल गरेका हुन्। उनले कुल २९ हजार १४२ मत प्राप्त गरी विजयी बनेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले ८ हजार ८२४ मत मात्र पाएका छन्। बम र तिमल्सेनाबीचको मतान्तर २० हजार ३१८ रहेको छ। यस्तै, नेकपा (एमाले) का उम्मेदवार राजन भट्टराईले ५ हजार ७३३ मत प्राप्त गरेका छन्। यसअघिको निर्वाचनमा यसै क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निर्वाचित भएका थिए।

यसपटक युवा अभियानकर्मी पुकार बमले कांग्रेस र एमालेका उम्मेदवारहरूलाई निकै पछि पार्दै काठमाडौँको यो महत्त्वपूर्ण क्षेत्रमा 'घण्टी' को बर्चस्व कायम गरेका छन्। काठमाडौँका अन्य निर्वाचन क्षेत्रहरूमा पनि रास्वपाको बलियो उपस्थिति देखिएको छ। अहिले यस क्षेत्रका विभिन्न स्थानमा पुकार बमका समर्थकहरूले विजय उत्सव मनाइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ