दश हजार भन्दा बढीको मतान्तरसहित ललितपुर २ मा जगदीश खरेल अगाडि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
1.1k
Shares
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल अगाडि रहेका छन् ।
खरेलले ११ हजार ५४७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले १ हजार ५२१ मतमात्र पाएका छन्। खरेल र महर्जनबीचको मतान्तर १० हजार २६ रहेको छ।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार १३६ मत प्राप्त गरेका छन्।