arrow

यस्तो छ सर्लाही ४ को पछिल्लो मत परिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
gagan-amresh.jpg

काठमाडौँ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायमै राखेका छन्।  पछिल्लो मत परिणाम अनुसार सिंहले १९ हजार २१३ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्।

यसैगरी, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ११ हजार ११३ मत प्राप्त गरेका छन्। उनी सिंहभन्दा ८ हजार १०० मतले पछाडि परेका छन्। 

यस्तै, नेकपा (एमाले) का उम्मेदवार अमनिशकुमार सिंहले ३ हजार ५२९ मत प्राप्त गरेका छन्। सुरुवाती चरणदेखि नै अग्रता लिएका अमरेशले सर्लाही ४ मा नयाँ तरंग पैदा गरेको छ। 

यस क्षेत्रमा मतगणना अझै जारी रहेकाले अन्तिम नतिजाका लागि केही समय कुर्नुपर्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ