निर्वाचन अपडेट: १६५ ओटै क्षेत्रमा मतगणना, आइतबार बेलुकीसम्म सबै नतिजा आउने
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
1k
Shares
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको छ। निर्वाचन आयोगका अनुसार भौगोलिक विकटता र मौसमका कारण केही स्थानमा ढिलाइ भए पनि अहिले सबैतिर गणना भइरहेको छ।
उच्च हिमाली भेगका मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिएको थियो। सङ्खुवासभा र गोरखाका मतपेटिका आज बिहान मात्रै मतगणना स्थलमा आइपुगेका छन् भने मुगुमा मानिसले बोकेर ढुवानी गरेपछि दिउँसो ४ बजेदेखि गणना सुरु भएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार अहिलेसम्म ५८ वटा निर्वाचन क्षेत्रको मतगणना सकिएको जानकारी आयोगको प्रणालीमा दर्ता भएको छ। प्राविधिक समस्याका कारण केही क्षेत्रको तथ्याङ्क प्रविष्टिमा ढिलाइ भए पनि गणना कार्य तीव्र गतिमा अघि बढेको छ। प्रत्यक्षतर्फको गणना सकिएका स्थानमा समानुपातिकतर्फको गणना पनि सुरु भइसकेको छ।
समानुपातिकतर्फ हालसम्म करिब तीन लाख ७० हजार मतको विवरण प्रणालीमा आइसकेको छ। आयोगले आइतबार बेलुकीसम्म प्रत्यक्षतर्फका सबै १६५ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ।