जितपछि स्वर्णिम वाग्लेको प्रतिवद्धता: जनताको भरोसा टुट्न दिने छैन, देशले नयाँ दिशा पाउनेछ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
2.9k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ बाट पुन: निर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले यसपटकको जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजाने बताएका छन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज दमौलीमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले जनताले दिएको अभिमतलाई शिरोधार्य गरेर अगाडि बढ्ने बताएका हुन्। उनले आफूमाथि जनताले राखेको ठूलो विश्वास र भरोसालाई कहिल्यै टुट्न नदिने प्रतिवद्धता समेत व्यक्त गरे।
सम्बोधनका क्रममा डा. वाग्लेले तनहुँ आफ्नो जन्मथलो र कर्मथलो भएकाले यहाँका जनताले दुई पटकसम्म जिताएर पठाएकोमा आभार प्रकट गरे। उनले भने, “हामीमाथि जिम्मेवारी ठूलो छ। तनहुँका जनताले यहाँबाट विजयी गराएर जुन आशा र भरोसा देखाउनुभएको छ, त्यसलाई म कति पनि लत्याउने छैन। यहाँका मतदाताले शिर निहुराउन नपर्ने गरी काम गर्नेछु।”
डा. वाग्लेले यो निर्वाचनको नतिजाले नेपाली राजनीतिमा नयाँ युगको सुरुवात गरेको र आफूहरू जनताको सेवामा सधैं समर्पित रहने कुरामा जोड दिए।