चतुरबहादुर र दामोदरलाई पछि पार्दै बैतडीमा हरिमोहन निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
853
Shares
काठमाडौँ। बैतडीको एकमात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी निर्वाचित भए। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार भण्डारीले २२ हजार १३४ मत प्राप्त गरी सानदार जित हासिल गरे।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गरे। कांग्रेसका चन्दले १८ हजार १९४ मत प्राप्त गरे। बैतडीको यो नतिजाले सबैलाई आश्चर्यचकित पारेको छ, जहाँ यसअघि नेकपा (एमाले) बाट लगातार तीन पटक विजयी भएका दामोदर भण्डारी यसपटक तेस्रो स्थानमा खुम्चिए। उनले १७ हजार ९१ मत मात्र ल्याउन सके।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा कुल ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए। बैतडीमा पुराना र स्थापित नेताहरूलाई पछाडि पार्दै रास्वपाका हरिमोहन भण्डारीले निकालेको यो जितलाई सुदूरपश्चिमको राजनीतिमा ठूलो 'अपसेट' का रूपमा हेरिएको विश्लेषकहरूले बताए।