arrow

कबिन्द्र बुर्लाकोटी गोरखा–२ बाट निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
kabindra-burlakoti-.jpg
तस्बिर : फाइल

गोरखा । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी भएका छन् । 

बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गरे । 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत बेल्वासेले बताए । नेकपा एमालेका उम्मेदवार मिलन गुरुङले तीन हजार ८७ मत प्राप्त गरे । 

कूल एक लाख ८ हजार ५३३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो । खसेकोमध्ये ५४ हजार १४७ मत सदर र तीन हजार नौ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ