arrow

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
arjun-karkis.jpg

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभाबाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार कार्कीले १५ हजार ६३६ मत प्राप्त गरी कडा प्रतिस्पर्धाका बीच जित हासिल गरे।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङमा शेर्पालाई ६३६ मतान्तरले पराजित गरे। रास्वपाका शेर्पाले १५ हजार मत प्राप्त गरे। संखुवासभामा एमाले र रास्वपाबीचको यो प्रतिस्पर्धालाई निकै रोचक मानिएको थियो।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठ १३ हजार २७१ मतसहित तेस्रो स्थानमा रहे। नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा कुमारी राईले ९ हजार ८५७ मत प्राप्त गरी चौथो स्थान ओगटेकी छन्।

निर्वाचित भएपछि कार्कीले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै संखुवासभाको समग्र विकास र समृद्धिका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ