arrow

कालीमाटीमा आलु १८ र गोलभेँडा ३० रुपैयाँ, कुन तरकारीको मूल्य कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
vegetables-tarkari-2082.jpg

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २७ गते, मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज भारतीय ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ भने भारतीय सानो गोलभेँडा ३० रुपैयाँ र तराईको सानो गोलभेँडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । रातो आलु प्रतिकिलो १८ रुपैयाँ, भारतीय रातो आलु २२ रुपैयाँ र भारतीय सुकेको प्याज ३४ रुपैयाँमा उपलब्ध छ ।

तरकारीतर्फ स्थानीय गाजर ४० रुपैयाँ, तराईको गाजर ३० रुपैयाँ, स्थानीय बन्दा २५ रुपैयाँ र नरिवल बन्दा २० रुपैयाँ कायम गरिएको छ । स्थानीय र तराई दुवैको काउली समान २० रुपैयाँमा बिक्री भइरहेको छ भने रातो मूला ३० रुपैयाँ, स्थानीय सेतो मूला १० रुपैयाँ र हाइब्रिड सेतो मूला १५ रुपैयाँ तोकिएको छ । भन्टा लाम्चो ४५ रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँमा पाइन्छ ।

मटरकोसा प्रतिकिलो २० रुपैयाँ, स्थानीय घिउ सिमी २५ रुपैयाँ, हाइब्रिड घिउ सिमी २० रुपैयाँ र राजमा सिमी ६० रुपैयाँ निर्धारण गरिएको छ । टाटे सिमी ५० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, लौका ६० रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ तथा हरियो फर्सी १० रुपैयाँमा उपलब्ध छ । सलगम ४० रुपैयाँ, भिन्डी १२० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५० रुपैयाँ कायम भएको छ ।

सागपातमा रायो साग १५ रुपैयाँ, पालुङ्गो र चमसुर ४०–४० रुपैयाँ, मेथीको साग ५० रुपैयाँ र हरियो प्याज ३० रुपैयाँ तोकिएको छ । बकूला ३० रुपैयाँ, तरुल ६० रुपैयाँ, कन्य च्याउ ७० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ र राजा च्याउ २८० रुपैयाँमा बिक्री भइरहेको छ । ब्रोकाउली २५ रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, जिरीको साग ४० रुपैयाँ र पुदिना २०० रुपैयाँ निर्धारण गरिएको छ ।

फलफूलतर्फ झोले स्याउ २०० रुपैयाँ, फुजी स्याउ २५० रुपैयाँ, अनार ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ र कालो अंगुर २८० रुपैयाँ तोकिएको छ । भारतीय सुन्तला १२० रुपैयाँ, हरियो तरबुजा ६० रुपैयाँ, मौसम १०० रुपैयाँ, जुनार ११० रुपैयाँ र भुइँकटहर प्रतिगोटा १५० रुपैयाँमा उपलब्ध छ । काँक्रो ३० रुपैयाँ, मेवा ५० रुपैयाँ, स्ट्रबेरी ३०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला १२० रुपैयाँमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ