मध्यपूर्वको तनाव कम गर्न अग्रसरता: संवाद र कूटनीति नै निकास भएको ईयू नेताहरूको ठहर
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
1.8k
Shares
काठमाडौँ । युरोपेली संघ (ईयू) का नेताहरूले सोमबार मध्यपूर्वमा जारी तनाव कम गर्न आफ्नो तर्फबाट भूमिका खेल्न तयार रहेको बताएका छन्। उनीहरूले स्थितिको न्यूनीकरण र पुनः वार्ताको प्रक्रियामा फर्कन समेत आह्वान गरे।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस क्षेत्रका नेताहरूसँगको भिडियो कन्फरेन्सपछि जारी गरेको संयुक्त वक्तव्यमा ईयू तनाव कम गर्न र वार्ताको टेबलमा फर्कन सहयोग पुर्याउन हरसम्भव योगदान दिन तयार रहेको उल्लेख छ।
उनीहरूले संवाद र कूटनीति नै अगाडि बढ्ने एक मात्र व्यावहारिक मार्ग रहेको कुरामा जोड दिएका छन्। वक्तव्यका अनुसार भोन डेर लेयन र कोस्टाले मध्यपूर्वको क्षेत्रीय स्थिरताका लागि ईयूको प्रतिबद्धता पुनः दोहोर्याउँदै सर्वसाधारणको सुरक्षा, अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय मानवीय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको पूर्ण पालना गर्न समेत आह्वान गरे।