एकैदिन तोलामा ३८ सयले बढ्यो सुन, चाँदीको मूल्यमा पनि वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
618
Shares
काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि तोलामा ३१० रुपैयाँको वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम गरिएको छ। हिजो सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यले पनि नयाँ उचाइ छोएको छ। आज चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ निर्धारण गरिएको छ, जुन हिजो ५ हजार ४१० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण स्थानीय बजारमा त्यसको प्रत्यक्ष प्रभाव परेको हो। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ५ हजार १४१ अमेरिकी डलर र चाँदी ८७.५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।