arrow

युद्धका कारण अलपत्र परेका नेपाली लिन दुबई जाँदै वाइडबडी

१२औँ दिनमा निगमले पहिलोपटक विशेष उद्धार उडान गर्ने, बिहीबार स्वदेश आइपुग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
nepal-airlines-plane.jpg

काठमाडौँ । नेपाल वायु सेवा निगमले मध्यपूर्वमा जारी तनावका कारण दुबई विमानस्थलमा रोकिएका यात्रुहरूको उद्धारका लागि आज राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) सञ्चालन गर्ने भएको छ। निगमले मङ्गलबार जारी गरेको उडान सूचना अनुसार आज राति ११:१५ बजे वाइडबडी विमानमार्फत काठमाडौँबाट यात्रु लिएर दुबई जाने र त्यहाँ अलपत्र परेका यात्रुलाई लिएर बिहीबार बिहान ४:१० बजे काठमाडौँ फर्कने तालिका तय गरिएको छ।

अमेरिका र इरानबीचको तनावका कारण हवाई उडान प्रभावित भएको १२औँ दिनमा निगमले पहिलोपटक यो विशेष उद्धार उडान गर्न लागेको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार यो उडानमा करिब २७० देखि २८० जना यात्रु दुबई पुग्नेछन् भने दुबईमा उद्धारको पर्खाइमा रहेका यात्रुहरूलाई ‘पहिलो आउनेलाई पहिलो प्राथमिकता’का आधारमा स्वदेश फर्काइने छ।

विशेषगरी गत २८ फेब्रुअरीदेखि ९ मार्चसम्मको टिकट लिएर पनि उडान अवरुद्ध हुँदा यात्रा गर्न नपाएका यात्रुहरूले मात्र यो विशेष उडानमा सहभागी हुन पाउने निगमले जनाएको छ। कार्यकारी निर्देशक श्रेष्ठले दुबईमा रहेका नेपालीहरूको सहज फिर्तिका लागि यो व्यवस्था गरिएको बताए। उनले सम्बन्धित यात्रुहरूलाई निगमबाट आफ्नो टिकट पुनः प्रमाणित गराएर मात्र यात्रा गर्न समेत आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ