arrow

गर्मीको पीकमा एसी चलाउन् ठिकै : सीजी ब्रान्डले सबै ब्रान्डका एसीका लागि ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज योजना ल्यायो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
cg-meridia-ac-march-2026.jpg

काठमाडौँ। गर्मी मौसम सुरु हुन लाग्दा ग्राहकलाई राहत दिने उद्देश्यले नेपालको अग्रणी इलेकट्रोनिक्स ब्रान्ड सीजीले ‘फ्री एसी सर्भिसिङ क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’ घोषणा गरेको छ। जुनसुकै ब्रान्डको एसी भए पनि निःशुल्क सर्भिसिङ पाउने यो योजनाले नेपाली उपभोक्तालाई ठूलो सुविधा दिने भएको छ।

कम्पनीका अनुसार यो क्याम्प फागुन २४ गतेदेखि नै सीमित अवधिका लागि देशभरका प्रमुख आउटलेटमा लागू भइसकेको छ। योजनाको मुख्य आकर्षण भने जुनसुकै ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ हो। ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको एसी लिएर आएमा पूर्ण रूपमा निःशुल्क सर्भिसिङ गराउन सकिनेछ।

यसबाहेक मर्मतका क्रममा आवश्यक पर्ने स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट, पुरानो एसी साटेर नयाँ सीजी मेरिडिया एसी खरिद गर्दा ५० प्रतिशतसम्म अतिरिक्त मूल्याङ्कन, नयाँ एसी खरिदमा २० प्रतिशतसम्म नगद छुट, रु. ४,००० बराबरको निःशुल्क जडान तथा एक्सचेन्ज गर्दा ६ महिनासम्म मान्य हुने रु. ३,००० बराबरको दुई वटा सर्भिस कुपन उपहारस्वरूप पाउने व्यवस्था छ।

सीजी मेरिडिया एसीमा डिजिटल इनभर्टर कम्प्रेसर, आईओटी प्रविधि र हेल्दी फिल्टर जस्ता आधुनिक सुविधा छन्। कम्पनीले यस कम्प्रेसरमा १० वर्षको वारेन्टी समेत दिएको छ। आर्थिक भार कम गर्न नागरिकता मात्र देखाएर ० प्रतिशत सजिलो ईएमआईमा सीजीका घरायसी सामग्री खरिद गर्न पनि सकिनेछ।

सीजी इलेकट्रोनिक्सका अनुसार यो योजना मार्फत ग्राहकले गर्मीमा आफ्नो एसी पूर्ण रूपमा तयार पार्न र नयाँ एसी किन्न सजिलो हुनेछ। थप जानकारीका लागि सीजी केयरको टोल-फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजीले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट बिक्रीपछिको सेवामार्फत लाखौँ परिवारको विश्वास जितेको छ। देशभर २१ वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्रबाट कम्पनीले सेवा दिइरहेको छ भने आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन खरिदको सुविधा पनि उपलब्ध छ।

गर्मी आउनुअघि नै आफ्नो एसी चेक गराउने र नयाँ खरिद गर्न चाहने उपभोक्ताका लागि यो योजनाले ठूलो राहत दिने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ