काठमाडौँ।सीजी इलेकट्रोनिक्स अन्तर्गतको विश्वसनीय ब्रान्ड सेन्सेइले ग्राहकलाई लक्षित गर्दै विशेष एसी सर्भिस तथा एक्सचेन्ज अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले बिना शुल्क एसी सर्भिस, आकर्षक एक्सचेन्ज सुविधा तथा नयाँ सेन्सेइ एसी खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
बढ्दो गर्मी मौसमलाई मध्यनजर गर्दै सुरु गरिएको यस अभियानले उपभोक्तालाई सहज, किफायती तथा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ। सेन्सेइ ब्रान्डका आधुनिक प्रविधियुक्त एयर कन्डिसनरहरू अब नेपाली बजारमा सहज रूपमा उपलब्ध रहेका छन्।
यस अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो एसी सर्भिस गराउँदा सर्भिस चार्ज पूर्ण रूपमा निःशुल्क पाउनेछन् भने आवश्यक पर्ने स्पेयर पार्ट्समा ५०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, नयाँ सेन्सेइ एसी खरिद गर्ने ग्राहकलाई २०% सम्म विशेष छुट समेत उपलब्ध हुनेछ।
त्यसै गरी, ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो एसी साटेर नयाँ सेन्सेइ एसी लिन सक्ने एक्सचेन्ज अफर समेत ल्याइएको छ, जसमा ५०% सम्म अतिरिक्त मूल्याङ्कन प्राप्त गर्न सकिन्छ।
यस अभियानअन्तर्गत सेन्सेइ एसी खरिद गर्ने ग्राहकलाई रु. ४,००० बराबरको नि:शुल्क स्थापना सुविधा पनि प्रदान गरिनेछ। साथै, एक्सचेन्ज गर्ने ग्राहकलाई थप सुविधा प्रदान गर्न रु. ३,००० बराबरको दुई वटा सर्भिस कुपन पनि निःशुल्क उपलब्ध गराइनेछ, जुन ६ महिनासम्म मान्य रहनेछ।
सेन्सेइका एयर कन्डिसनरहरू आधुनिक प्रविधि तथा उत्कृष्ट प्रदर्शनका लागि परिचित छन्। यसमा इन्भर्टर कम्प्रेसर, कन्भर्टिबल टेक्नोलोजी, वाई फाइ सक्षम नियन्त्रण, ३-इन-१ एयर फिल्टर, कम भोल्टेज स्टार्ट अप तथा ४ तर्फी स्विङ जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएको छ, जसले ऊर्जा बचतसँगै उच्चस्तरीय कूलिङ अनुभव प्रदान गर्दछ।
कम्पनीका अनुसार सेन्सेइ ब्रान्डका यी प्रविधियुक्त एसी हरू नेपाली उपभोक्ताको आवश्यकता अनुसार डिजाइन गरिएका छन्, जसले कम भोल्टेजमा पनि सहज रूपमा सञ्चालन हुने तथा घर तथा कार्यालय दुवैका लागि उपयुक्त समाधान प्रदान गर्नेछन्।
नयाँ एसीमा अपग्रेड गर्ने प्रक्रियालाई अझ सहज बनाउन सेन्सेइ र सीजी इलेकट्रोनिक्सले सीजीएक्स एलेक्स मार्फत सरल ईएमआई सुविधा पनि उपलब्ध गराएको छ। यस सुविधामार्फत ग्राहकहरूले लचिलो भुक्तानी योजनासहित नयाँ सेन्सेइ एसी सजिलै खरिद गर्न सक्नेछन्।
निःशुल्क एसी सेवा तथा यस अभियानसम्बन्धी सुविधा लिन चाहने ग्राहकहरूले सीजी केयरको आधिकारिक क्युआर कोड स्क्यान गरेर वा सेवा हटलाइन १६६-००-१०२-२११, १६६-००-१००-२११ तथा ०१-५९७०१२२ मा सम्पर्क गरी दर्ता गर्न सक्नेछन्। यस पहलमार्फत सेन्सेइले नेपालभरका उपभोक्तालाई आधुनिक कूलिङ प्रविधि, विश्वसनीय सेवा र ग्राहकमैत्री समाधान उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पुनः स्पष्ट गरेको छ।
यो विशेष अभियान फागुन २४ गतेदेखि सीमित अवधिका लागि लागू हुने जनाएको छ। ग्राहकहरूले देशभरका आधिकारिक डिलरमार्फत सेन्सेइ एसी खरिद गर्न सक्नेछन्।