केन्ट एयर प्युरिफायर सार्वजनिक – परिवारलाई शुद्ध हावाको उपहार
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
571
Shares
कठमाडदौँ। सिजी इलेक्टोनिक्स् अन्तरगत केन्ट ब्राण्डले अत्याधुनिक विभिन्न किसिमका एयर प्यूरिफायरहरु नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ। आधुनिक प्रविधिसहितको यो एयर प्युरिफायरले घरभित्रको हावालाई शुद्ध, ताजा र सुरक्षित बनाउँदै परिवारको स्वास्थ्य जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ।
वायु प्रदूषण बढिरहेको वर्तमान अवस्थामा स्वच्छ हावा प्रत्येक परिवारका लागि अत्यन्त आवश्यक भएको छ। केन्ट एयर प्युरिफायर ले एचईपीए प्रविधि प्रयोग गरी हावामा रहेका धुलो, धुवाँ, एलर्जेन, सूक्ष्म कण तथा हानिकारक तत्त्वहरूलाई फिल्टर गरेर स्वच्छ हावा प्रदान गर्दछ। यस एयर प्युरिफायरमा वास्तविक समय वायु शुद्धता मनिटर रहेको छ जसले कोठाभित्रको हावाको गुणस्तरलाई निरन्तर निगरानी गर्छ।
साथै, वायु गुणस्तर सूचकले हावाको अवस्था स्पष्ट देखाउने भएकाले प्रयोगकर्तालाई हावाको स्तर बुझ्न सजिलो हुन्छ। यसमा रहेको इनबिल्ट आयोनाइजरले हावालाई अझ ताजा र स्वच्छ बनाउने काम गर्छ। आधुनिक डिजाइन र प्रभावकारी प्रविधिसहित तयार गरिएको केन्ट एयर प्युरिफायर घर तथा कार्यालय दुवै स्थानका लागि उपयुक्त छ। यस उत्पादनमा १२ महिनाको वारेन्टी समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, “हामीले नेपाली परिवारलाई सुरक्षित र शुद्ध हावा उपलब्ध गराउने उद्देश्यले केन एयर प्युरिफायर बजारमा ल्याएका हौँ। यो उत्पादनले परिवारका सबै सदस्यलाई स्वस्थ वातावरण प्रदान गर्ने विश्वास लिएका छौँ।” अब केन्ट एयर प्युरिफायर मार्फत आफ्नो परिवारलाई दिनुहोस् दिनहुँ शुद्ध हावाको उपहार।