साढे चार महिनादेखि कठोर निर्जला दण्डवत् प्रणामको यात्रामा यादव
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
929
Shares
धनुषाधाम । भारतको बिहार राज्यको बाका जिल्लाका मनोजकुमार यादवले कठोर निर्जला दण्डवत् प्रणाम यात्रा गरेका छन् । उनी कृष्णकाली भगवती (टिलहिया) बाट शुरू गरेको कठोर निर्जला दण्डवत् प्रणामको यात्राको क्रममा चार महिना १२ दिनपछि धनुषाको मिथिला नगरपालिका ९ लालगढमा आइपुगेका छन् ।
यात्राको क्रममा विभिन्न शक्तिपीठमा दर्शन गर्दै जनकपुरधामस्थित जानकी मन्दिरमा पनि दर्शन गरेर पशुपतिनाथ महादेवको दर्शन गर्ने यात्रामा छन् ।
पशुपतिनाथ महादेवको दर्शन गरेपछि पुनः सुल्तानगञ्ज पुगेर गंगा नदीमा जल भरेर दर्शन गरेका स्थानहरूमा जल चढाउने उनको योजना छ। रासस