arrow

सरकारले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा गर्‍यो सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
omprakash-aryal-82-12-1.jpg

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एक जना सदस्यका लागि सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए । राष्ट्रिय सभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने एक पद रिक्त रहेको छ । 

सोही पदमा सरकारले अर्यालको नाम सिफारिस गरेको हो । योसँगै अर्याललाई अब बन्ने सरकारमा मन्त्री बन्ने बाटोसमेत खुलेको छ । 

मन्त्री अर्यालले जेन-जी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषद्मा लैजाने निर्णय भएकोसमेत बताए । 

उनले आइतबार भएका निर्णयको विस्तृत जानकारी सोमबार दिनेसमेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ