arrow

प्रधानमन्त्री कार्कीमाथि नैतिक प्रश्न

प्रधानमन्त्री कार्कीसँग 'हामीले तपाईंलाई कहाँ घुमायौँ ?' भनी प्रश्न गर्न सचिवहरूलाई डा ढुंगेलको आग्रह

संसदीय व्यवस्थाको सामान्य मान्यतालाई बिर्सेर आफ्ना स्वकीय सचिवलाई विषय नमिल्ने पदमा नियुक्त र गृहमन्त्रीलाई राष्ट्रिय सभामा मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
dwarikanath-dhungel-82-12-2.jpg

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले कार्यकाल सकेर पद छाड्दै गर्दा सरकारका सचिवहरूलाई आरोप लगाएकी फनफनी घुमाउँदा रहेछन् भनी आरोप लगाएकी छिन् । 

उनले सार्वजनिक स्थलमै सचिवहरूलाई यस्तो आरोप लगाएपछि पूर्वसचिव डा द्धारिकानाथ ढुंगेलले हामीले कहाँ घुमायौँ ? भनेर प्रश्न गर्न सचिवहरूलाई सुझाव दिएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै पूर्वप्रशासक डा ढुंगेलले सचिवहरूलाई सम्बोधन गरेर प्रधानमन्त्रीले सार्वजनिक रूपमा लान्छना लगाएको भन्दै सचिवहरूलाई सामूहिक भेट मागेर प्रश्न गर्न आग्रह गरेका हुन् । 

यदि यसरी लागेको आरोपबारे प्रश्न नगर्ने हो भने आफ्नै सेवाप्रतिको अन्यान गरेको ठहरिनेसमेत ढुंगेलले सचिवहरूलाई भनेका छन् । 

थप सुझाव दिँदै उनले यदि प्रश्न नगर्ने हो भने सार्वजनिक प्रशासनमाथि ऐन–कानून विपरीत काम गर्न राजनीतिक नेतृत्व झनै हाबी हुनेसमेत उल्लेख गरेका छन् । 

निवर्तमान शिक्षामन्त्री महावीर पुनले कर्मचारीले फाइल अगाडि नबढाएर घुमाएको आरोप लगाउँदै मन्त्रीबाट राजीनामा दिएर चुनाव लड्न गएको भनेर आरोप लगाइरहँदा प्रधानमन्त्री कार्कीले तिनै कर्मचारीहरूको सहयोगमा भनेकै समयमा निर्वाचन सम्पन गरेर देखाउँदा पनि आरोप खेपेका हुन् । 

पूर्वसचिव डा ढुंगेलले छ महिने गैरराजनीतिक सरकारलाई शान्तिपूर्वक निर्वाचन सम्पन्न गराउने कार्यमा सफलता दिलाउने सार्वजनिक संयन्त्र धन्यवादको पात्र रहेकोसमेत बताएका छन् ।

तर प्रधानमन्त्री कार्कीले सचिवहरूलाई धन्यवाद दिनुको सट्टा संसदीय व्यवस्थाको सामान्य मान्यतालाई बिर्सेर आफ्ना स्वकीय सचिवलाई विषय नमिल्ने पदमा नियुक्त गरेको र गृहमन्त्रीलाई राष्ट्रिय सभामा मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको भन्दै ढुंगेलले आलोचना गरेका छन् । 

यस्तो छ वर्तमान सचिवहरूलाई सम्बोधन गरी डा ढुंगेलले लेखेको स्टाटसः
 
प्रिय सचिव मित्रगण,
तपाईंहरूलाई जुन सरकारका पालामा बढुवा गरिएको होस् र जुन ठाउँ–ठाउँमा पदस्थापन वा सरुवा गरिएको होस्,  तथापि तपाईहरुले जुन परिस्थितिमा  छ महिनाको गैरराजनीतिक सरकारलाई शान्तिपूर्वक निर्वाचन सम्पन्न गराउने कार्यमा अन्य सार्वजनिक निकायका सहकर्मी, गैरसरकारी क्षेत्र तथा आम नागरिकको विश्वास प्राप्त गरेर आवश्यक पर्दा नेपालको सार्वजनिक संयन्त्रले जुनसुकै काम सफलतापूर्वक सम्पन्न गर्न सक्छ भन्ने देखाइदिनु भयो त्यसका लागि धन्यवाद तथा बधाई।

महत्वपूर्ण काम सम्पन्न गराउनमा दिलो ज्यान दिएर साथ दिएकामा धन्यवाद दिनुको सट्टा जाँदै गरेको सरकार प्रमुखले संसदीय व्यवस्थाको सामान्य मान्यतालाई बिर्सेर आफ्ना स्वकीय सचिवलाई विषय नमिल्ने पदमा नियुक्त गर्न पुग्नुभएको छ। साथै, जाँदा–जाँदै गृहमन्त्रीलाई राष्ट्रिय सभामा मनोनयन गर्न राष्ट्राध्यक्षसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराउनु भएको छ। त्यसमाथि, तपाई सचिवहरू माथि फनफनी घुमाउँदा रहेछन् भनी सार्वजनिक रूपमा लाञ्छना लगाउने कामगर्नु भएकाे समेत पढियो।
यस्तो अवस्थामा तपाईं सचिवहरूले प्रधानमन्त्री कार्कीसँग सामूहिक भेट मागेर “हामीले कहाँ घुमायौ?” भनी प्रश्न गर्नु भएन भने तपाईहरुले आफ्नै सेवा प्रतिको अन्याय गरेको ठहरिनेछ। साथै सार्वजनिक प्रशासन माथि  ऐन–कानुन विपरीत काम गर्न राजनीतिक नेतृत्व झनै हाबी हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ