arrow

रास्वपाका सांसदहरू दुई दिने संसदीय अभ्यास अभिमुखीकरणमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
rsp-training1.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी र रासस ।

काठमाडौँ  । गत फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभामा सबैभन्दा ठूलो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि आजदेखि विशेष अभिमुखीकरण कार्यक्रम शुरू गरेको छ। दुई दिने कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास र जिम्मेवारीबारे गहन प्रशिक्षण दिइने पार्टीले जनाएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार नवनिर्वाचित जनप्रतिनिधिहरूलाई संसद्को कार्यप्रणाली, नीति निर्माण प्रक्रिया, संसदीय मर्यादा र जनताप्रतिको उत्तरदायित्वका विषयमा जानकारी गराइनेछ । साथै आगामी संसदमा पार्टीले अवलम्बन गर्ने रणनीति र राजनीतिक मुद्दाहरूबारे पनि यसै सत्रमा घनीभूत छलफल हुनेछ । 

फागुन २१ को निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल १८२ सिट जितेर संसद्मा आफ्नो बलियो उपस्थिति सुनिश्चित गरेको छ।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले सबै नवनिर्वाचित सांसदहरूका लागि छबुँदे निर्देशन जारी गर्दै कार्यक्रममा अनिवार्य उपस्थित हुन आह्वान गरेका थिए । 

नयाँ सांसदहरू धेरै भएकाले उनीहरूलाई संसदीय प्रक्रियामा अभ्यस्त गराउन र पार्टीको नीतिगत एकरुपता कायम गर्न यो प्रशिक्षण महत्त्वपूर्ण हुने विश्वास लिइएको छ।

rsp-mps-training-82-12-3 (1).jpg
rsp-mps-training-82-12-3 (2).jpg
rsp-mps-training-82-12-3 (3).jpg
rsp-mps-training-82-12-3 (4).jpg
rsp-mps-training-82-12-3 (5).jpg
rsp-mps-training-82-12-3 (6).jpg
rsp-mps-training-82-12-3 (7).jpg
rsp-mps-training-82-12-3 (3).jpeg
rsp-mps-training-82-12-3 (4).jpeg
rsp-mps-training-82-12-3 (5).jpeg
rsp-mps-training-82-12-3 (6).jpeg
rsp-mps-training-82-12-3 (7).jpeg
rsp-mps-training-82-12-3 (8).jpeg
rsp-mps-training-82-12-3 (9).jpeg
rsp-mps-training-82-12-3 (10).jpeg
rsp-mps-training-82-12-3 (11).jpeg
rsp-mps-training-82-12-3 (12).jpeg
rsp-mps-training-82-12-3 (13).jpeg
rsp-mps-training-82-12-3 (14).jpeg
rsp-mps-training-82-12-3 (15).jpeg
rsp-training.jpg
rsp-training1.jpg
rsp-training2.jpg
rsp-training3.jpg
rsp-training4.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ