arrow

जनताले दिएको मतको सम्मान हुन्छ कि हुँदैन भन्ने विषय पेचिलो : रिजाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
minendra-rijal-03-12.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

मंगलबार पार्टीका सांसदहरूसँगको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले अर्को चुनावपछि प्रतिपक्षविहीन संसद् हुनेगरी काम गर्नुपर्छ भनेर दिएको अभिव्यक्ति चिन्ताजनक रहेको धारणा राखे ।

उनले भने, ‘यो सरकार ठिकसँग चल्यो भने त ठिकै छ तर भर्खरै एउटा अभिव्यक्ति सुन्दै थिएँ, अर्को पल्ट विपक्ष नै नरहने गरी जनताले भोट हाल्ने अवस्था पुर्याउनुपर्छ भन्ने सुनेँ । उहाँले काम गर्नुहोस्, सफल हुनुहोस् तर विपक्ष नै नरहने गरी दिएको अभिव्यक्ति चाँही चिन्ताजनक छ ।’

उनले संसदमा विपक्ष नरहने सोचले पूरानो ठाउँबाट ब्रेक नपाउने बताए ।

पूराना दलहरूलाई आफ्नै आन्तरिक बोझले थिचेको भन्दै त्यो बन्धनबाट मुक्त गर्ने काम रास्वपाले गर्यो भने जनताले दिएको मतको सम्मान हुन्छ कि हुँदैन भन्ने बिषय पेचिलो रहेको बताए ।

‘भोट दिउन् भन्ने कुरा एउटा होला। अझ फराकिलो मतबाट जिताउनु भन्ने कुरा अर्को होला। तर विपक्ष नै नरहने समाजको परिकल्पना गर्ने सोचचाहीं रहिराख्यो भने राजनीतिले पूरानो ठाउँबाट ब्रेक पाउँदैन भन्ने लाग्छ मलाई,’ उनले भने,‘ किनकी हामी हामो आफ्नै आन्तरिक बोझले थिचेको पार्टी हो ।’

‘हाम्रा पत्रकार छन्, शिक्षक छन्, विद्यार्थी छन्, तरुण छन्। संस्था नै संस्था छन् हाम्रो । चुनावमा जाँदाखेरि पनि सबभन्दा चित्त बुझाउन नसक्ने यस्तै संस्थाका साथीहरू भए । यो मन्त्री हुँदो यो पाएको थियो त्यो मन्त्री हुँदा यो पाएको थियो भन्ने सोचमा ग्रस्त छन् । अनि अहिले किन तपाईलाई भोट हाल्ने भनेर प्रश्न गर्नुहुन्छ । त्यो बन्धनबाट मुक्त गर्ने काम रास्वपाले गर्यो भने जनताले दिएको मतको पहिलो उपलब्धि हुनेछ,’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ