arrow

पाहाँ चर्‍हे जात्रा जारी [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
paha-charye-jatra-82-12-4 (5).jpg

काठमाडौँ । काठमाडौँ उपत्यकाको ठूलो पर्व जात्राको रूपमा लिइने पाहाँ चर्‍हे जात्रा जारी रहेको छ । बुधबार चर्‍हेको पहिलो दिन कंकेश्वरी मन्दिर नजिक लिङ्गो (यँसी) उठाइ जात्राको शुभारम्भ गरिएको हो ।

तीन दिनसम्म मनाइने यस जात्रामा टेबहालका लुमधि अजिमा (भद्रकाली), वटुका नीलकाली अजिमा, कंगका कंग अजिमा (कंकेश्वरी) देवीका खट जुधाइने गरिन्छ।

नेवार समुदायले धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्परा अनुसार मनाउँदै आएको पाहाँचःह्रे चाडको विशेष महत्व छ। “पाहाँ” अर्थात् पाहुना र “चःह्रे” अर्थात् चतुर्दशीबाट बनेको यस चाडमा पाहुनालाई बोलाई भोज खुवाउने परम्परा प्रमुख मानिन्छ। नेवार संस्कृतिमा अरूलाई खुवाएर मात्र आफू खाने चलन भएकाले यस चाडले आतिथ्य सत्कारको भाव झल्काउँछ।

यो पर्व हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म मनाइन्छ। जाडो सकिएर गर्मी शुरू हुने समयमा आउने हुरी, वर्षा तथा रोगबाट बच्न धार्मिक उपायस्वरूप विभिन्न देवताको पूजा गरिन्छ। कतिपय स्थानमा राँगा, हाँस, कुखुरा र बोका बलि दिएर तान्त्रिक विधिबाट पूजा गरिन्छ। 

यस दिन लुकुमहाद्यः (लुकेका महादेव) लाई समय्बजि, छ्वयला र जाँड–रक्सी चढाई पूजा गर्ने परम्परा छ। किंवदन्ती अनुसार शनिको दशाबाट बच्न महादेव फोहोरको थुप्रोमा लुकेका थिए र पछि त्यहीँ शिवलिङ्ग फेला परेपछि पूजा सुरु भएको मानिन्छ।

पाहाँचःह्रेको भोलिपल्ट बालबालिकालाई अजिमाको प्रसादको रूपमा “मरःजा” खुवाउने चलन छ, जसले भूतप्रेत र रोगबाट जोगाउने विश्वास गरिन्छ। साथै यस पर्वसँग घोडेजात्रा, अष्टमातृका देवीका खटजात्रा, इचंगु महालक्ष्मी जात्रा र विभिन्न देवदेवीका पूजा तथा भोजका परम्पराहरू पनि जोडिएका छन्। यसरी पाहाँचःह्रे नेवार संस्कृतिको महत्वपूर्ण सामाजिक र धार्मिक पर्व हो।

जात्रा शुरू भएसँगै टेबहालका लुमधि अजिमा (भद्रकाली),  लाई खटमा राखी टेबहाल, खिचापोखरी, ओम्बहाल, न्यूरोड हुँदै भद्रकाली मन्दिर लागि राखिने गरिन्छ ।

paha-charye-jatra-82-12-4 (10).jpg
paha-charye-jatra-82-12-4 (11).jpg
paha-charye-jatra-82-12-4 (1).jpg
paha-charye-jatra-82-12-4 (2).jpg
paha-charye-jatra-82-12-4 (3).jpg
paha-charye-jatra-82-12-4 (4).jpg
paha-charye-jatra-82-12-4 (5).jpg
paha-charye-jatra-82-12-4 (6).jpg
paha-charye-jatra-82-12-4 (7).jpg
paha-charye-jatra-82-12-4 (8).jpg
paha-charye-jatra-82-12-4 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ