तीन देशलाई युद्ध रोक्न माग गर्दै दूतावासमा प्रदर्शन [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
1.1k
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । हाल जारी अमेरिका–इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी खलबलिएको छ । युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने आग्रहसहित काठमाडौँस्थित अमेरिका, इजरायलका राजदुतावास र इरानको कन्सुलेट कार्यालय अगाडि एकै दिन मानव अधिकार तथा शान्ति समाजले प्रदर्शनी गरेको छ ।
अमेरिकी राजदूतावास महाराजगञ्ज, इजरायली राजदूतावास लाजिम्पाट र काठमाडौँस्थित इरानी कन्सुलेट कार्यालय, याक एन्ड यति होटल दरबार मार्गमा उनीहरूले प्रदर्शनी गरेका हुन् ।